अस्ट्रेलियाको डढेलोमा मृत्यु र विस्थापित जनावरको संख्या ३ अर्ब: प्रतिवेदन

एजेन्सी । डढेलो, खडेरी, बासस्थानको विनाश र ग्लोबल वार्मिङले अष्ट्रेलियाको अनौठा वन्यजन्तुको विनाश भइरहेको सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनले जनाएको छ । डढेलो र खडेरीले थप प्रजातिहरू लोप हुने दिशामा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । वातावरणीय अवस्थाको पाँच–वार्षिक प्रतिवेदनले भूमि र समुद्रमा वैज्ञानिकहरूले चित्रण गरेको वनस्पति र जीवजन्तुको ‘खराब र बिग्रँदै गएको’ अवस्थालाई उल्टाउन…