कोलम्बो । श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक प्रवेश गरी नाराबाजी गरेका छन् । उनीहरूले श्रीलङ्काको सङ्कट समाधान गर्न वर्तमान् सरकारले नसकेको भन्दै यसको विकल्प आफूहरूले खोजेको बताएका छन् । प्रधानमन्त्रीको कार्यालयमा सयौँको सङ्ख्यामा तैनाथ शसस्त्र सुरक्षा फौजसँग लामो समयको झडपपछि प्रदर्शनकारी प्रधानमन्त्रीको कार्यालयमा छिरेका एएफपीका श्रीलङ्कास्थित सम्वाददाताले पुष्टि गरेका छन् । प्रधानमन्त्रीको कार्यालयमा पुगेका…