थाइल्यान्ड र कम्बोडियाको विवादित सीमामा पुनः झडप

बैंकक । थाइल्यान्ड र कम्बोडियाबिचको विवादित सीमामा फेरि लडाइँ सुरु भएको छ, जसमा थप मृत्यु भएको र हजारौँ मानिस विस्थापित भएका खबर आएका छन् । कम्बोडियाले रातभरि थाइ सेनाले गरेको गोलाबारीमा थप दुई नागरिक मारिएको बताएको छ, जसले गर्दा कम्बोडियातर्फ मृत्यु हुनेको कुल सङ्ख्या ६ पुगेको छ । थाइल्यान्डले भने कम्तीमा एक सैनिक मारिएको जानकारी…