काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी पत्रअनुसार घटनाको तथ्यगत र वस्तुनिष्ठ अनुसन्धानका लागि समिति गठन गरिएको हो। पत्रअनुसार सिन्धुली जिल्ला, सुनकोशी गाउँपालिका-३ का २२ वर्षीय दल बहादुर विकलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा जिल्ला अदालतबाट म्याद थप…