प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचाको निधन

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति, कुशल नेतृत्वकर्ता, नेपाली कांग्रेस ओखलढुंगा तथा जिल्ला विकास समितिका पूर्व सभापति एवम् नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि महेशकुमार कोर्मोचाको शुक्रबार राति १०:४६ बजे निधन भएको छ । प्रोस्टेट समस्याले थलिएका कोर्मोचाको निमोनियाबाट निधन भएको बी एन्ड बी अस्पतालले जनाएको छ । ओखलढुंगा कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका कोर्मोचाको…