काठमाडौं । सेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गतेदेखि सुरु हुँदैछ । स्थानीय भाषामा जनबहाः द्यः पनि भनिने यस देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रुपमा पुज्छन् । हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिले गरिरहेको छ । समितिले पछिल्लो १३…