काठमाडौं । प्रहरीले आज शिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई स्क्रिनिङ गरिनेछ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमध्ये स्क्रिनिङ गरी अपराधमा संलग्न नदेखिएकालाई छाडिनेछ । उनीहरूलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । शिवरात्रीलाई लक्षित…