भारतमा रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीको नाम-ठेगाना सार्वजनिक

काठमाडौं । यही माघ ९ गते भारतमा भएको रेल दुर्घटनाबाट ज्यान गुमाएका ७ जना नेपालीको विवरण परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । मृतकहरूमा अछामका ४, कैलालीका २ र बाँकेका १ जना छन् । दुर्घटनामा घाइते ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र बाँकी १ को गोदावरी अस्पताल जलगाउँमा…