दाङ । माघी पर्व नजिकिएसँगै दाङका थारू बस्तीमा चहलपहल शुरू भएको छ । थारू जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीमा एक महिनाअघिदेखि तयारी गर्ने चलन छ । यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा अर्थात् अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ सौडियारकी विपना चौधरीले बताए । पुस महिनामा तयारी…