गैरआवासीय नागरिकता लिनुअघि सपथ

मकवानपुर । मकवानपुर जिल्लाबाट पहिलो पटक गैरआवासीय नेपालीले नागरिकता लिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ११ की संजीता विडारीले हिजाे बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट गैरआवासीय नागरिकता लिएका हुन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईँले संजीता विडारीलाई नागरिकता प्रमाणपत्र प्रदान गर्दै जिल्लामा पहिलोपटक गैरआवासीय नेपालीको लागि नागरिकता वितरण कार्य सुरुवात गरेका हुन् ।…