काठमाडौँ । अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजीव महतोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ । अख्तियारका अनुसार महतोले अध्यागमन सूचना प्रणालीअन्तर्गत रहेको ‘ट्राभलर सेन्ट्रलाइजेसन’ सुविधाको दुरुपयोग गरी आवासीय भिसासम्बन्धी सरकारी अभिलेखमा अनधिकृत रूपमा हेरफेर गरेको अनुसन्धानबाट खुलेको छ । आयोगको अनुसन्धानअनुसार महतोले आवश्यक…