झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं । प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको हो ।  झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको थियो । घटनाको थप विवरण आउन बाँकी छ।