काठमाडौं । चीनले बाढीपहिरोबाट प्रभावित नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीन सरकारले नेपाली सरकारलाई उक्त रकम सहयोगस्वरूप पठाउन लागेको हो । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत…