काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका- ६, जुरीखेतस्थित सडकमा आइतबार साँझ भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौँडातर्फ आउदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक…