उदयपुर । जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाट बजारस्थित वडा नं १२ मा निर्माणाधीन नयाँ बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र परेको छ । यहाँ निर्माणाधीन साढे दुई तले अत्याधुनिक टर्मिनल भवन निर्माण कम्पनीका ठेकेदारले बीचमा काम छाडेपछि दुई वर्षदेखि अलपत्र परेको हो । सप्तरीस्थित सघन सहरी विकास भवन निर्माण कार्यालय राजविराजले हेर्ने गरी विसं २०७६ असारमा…