नक्कली शरणार्थी प्रकरणमा १८ जनै प्रतिवादीको तर्फबाट बहस सकियो

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको अभियोग लागेका सबै प्रतिवादीको तर्फबाट बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सबै १८ प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन् । प्रतिवादीको तर्फबाट बहस सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका ४ जनाले जवाफी बहस गर्नेछन्…