मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको तीनजना सवार प्र २–०१–००२–प २५६० नम्बरको मोटरसाइकल छिन्नमस्ता ३ स्थित नर्सिङ थान नजिकै अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा छिन्नमस्ता ३ का १८ वर्षीय श्यामकुमार यादव र ३० वर्षीय विकासकुमार खंगको…