काठमाडौं । नौ दलीय गठबन्धनमा आबद्ध दलका नेताको बैठकले राष्ट्रपति निर्वाचनका लागि काठमाडौं आउने प्रदेशसभा सदस्यहरूलाई खाने र बस्ने व्यवस्था गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको गठबन्धन कार्यदलको बैठकपछि खानेपानीमन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले शतप्रतिशत मत खसाउन आ–आफ्नो पार्टीको जिम्मेवारी लिने निर्णय समेत भएको जानकारी दिए…