दार्चुला । दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको छ । जिल्लाको महाकाली नगरपालिका–५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको हो । शनिबार दिउँसो भान्सा कोठामा आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रिज लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण…