जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग

काठमाडौं । जेनजी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ । काठमाडौं त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा बिहानैदेखि सेवाग्राही राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको छ । अहिले भीड बढ्नुको मुख्य कारण जेनजी आन्दोलनले भएको सेवा अवरोध र मुख्य चाडपर्व लगत्तै सेवा लिन चाहने धेरै हुनु रहेको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले…