डा. रुइतलाई १० लाख डलरको इसा अवार्ड

काठमाडौँ । नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई इसा अवार्डबाट सम्मान गरिने भएको छ। बहराइनका पूर्वशेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार प्रत्येक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ। बहराइनका शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले २०१३ देखि यो अवार्ड…