नेपालीभाषीलाई प्रवासी भनेको विरोधमा आज सिक्किम बन्द

काठमाडौं । भारतको सर्वोच्च अदालतले एउटा फैसलाको व्याख्या गर्ने क्रममा सिक्किम प्रान्तका नेपालीभाषीलाई विदेशी भनेपछि उठेको आन्दोलन चर्किंदै गएको छ । सिक्किमका पूर्वमूख्यमन्त्री पवन चाम्लिङको आह्वानमा आज बुधबार त्यहाँ सिक्किम बन्द आयोजना भएको छ । चाम्लिङ अहिले त्यहाँको विपक्षी दल एसडिएफका नेता छन् । चाम्लिङले नयाँ दिल्लीको हर्कतविरुद्ध बोल्न डराएको भन्दै हालका मुख्यमन्त्री पीएस गोलेको…