एमाले नेताहरू चढेको कार दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं । नेकपा एमालेका नेताहरू चढेको कार सिन्धुलीमा दुर्घटनामा परेको छ । पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पासहित एमाले नेताहरू चढेको कार शुक्रबार जिल्लाको कमलामाई नगरपालिका-१४, चन्दनपुरमा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।दुर्घटनामा शेर्पासहित एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पेम्बा गुरुङ, देवराज राईलगायत नेताहरू घाइते…