कास्की । गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात भइरहेकाले सकभर यो बेला पदयात्रामा नजान कास्की प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो । प्रतिकूल मौसमका कारण उत्पन्न हुनसक्ने जोखिम र लेक लाग्नसक्ने भएकाले अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै डाँडा,…