लालीगुराँसले राताम्मे टिएमजे

संखुवासभा । संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी टिएमजे क्षेत्र अहिले लालिगुराँसले राताम्मे भएकाे छ । चैत, वैशाखमा फुल्ने लालीगुराँस केही समयदेखि माघ, फागुनदेखि नै फुले पनि अहिलेसम्मै तीनजुरे वन क्षेत्र राताम्यै देखिन्छ । लालीगुराँस फुलेपछि गुराँसको राजधानी तीनजुरेले सबैको मन लोभ्याउने गर्छ । तीनजुरे क्षेत्रमा गुराँस फुलेसँगै यतिबेला सेल्फी लिनेहरुको भीड लागेकाे छ…