काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले सूचना प्रविधि आईटी लाई राष्ट्रिय प्राथमिकताको क्षेत्रको रूपमा घोषणा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आईटी क्षेत्रलाई पूर्वाधारकै रूपमा लिनुपर्ने समय आएको उल्लेख गरे । “२१ औँ शताब्दीको आधारभूत पूर्वाधार भनेको सडक निर्माण गर्नु, पुल निर्माण गर्नु मात्रै होइन । सूचना…