काठमाडौं ।नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एक व्यक्तिको झोलामा खस्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताएका छन्। मंगलबार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले लगानी क्षमतावाला व्यक्तिहरूलाई मात्र जलस्रोतसम्बन्धी लाइसेन्स दिनुपर्ने बताए। उनका अनुसार, ऊर्जा क्षेत्रको विकास रोकिनु भनेको नेपाली जनताको लगानी जोखिममा पार्नु र दीर्घकालीन सपना अधुरो राख्नु हो।…