काठमाडौं । अमेरिकाकी उप-सहायक विदेश मन्त्री अफरिन अख्तर नेपाल आएकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उप-सहायक विदेशमन्त्री सोमबार काठमाडौं आइपुगेकी हुन् । भ्रमणका क्रममा उनले काठमाडौंमा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने बताइएकाे छ । भेटमा उनले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा,…