अमेरिकामा सडक दुर्घटनामा नेपाली युवाको मृत्यु

पेन्सिलभेनिया । स्थानीय क्लियरफिल्ड काउन्टीमा भएको सडक दुर्घटनामा एक नेपाली युवाको निधन भएको छ । २६ वर्षीय खगेन्द्र पौडेलको सडक दुर्घटनास्थलमा नै मृत्यु भएको पेन्सिलभेनिया राज्य प्रहरीले जनाएको छ । उनी झापाको दमक चोकका स्थायी बासिन्दा हुन् । करीब ८ महिना पहिले मात्र डिभी मार्फत् अमेरिका आएका खगेन्द्र बोष्टनमा बस्थे । बोष्टनबाट साथीहरुसंग घुम्न हिंडेको…