फ्लोरिडा । फ्लोरिडाको टम्पा सहरबाट न्यु जर्सीको उडानको अन्त्यमा विमानभित्र सर्प भेटिएको छ । उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका छन् । विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न बोलाइएको थियो । न्युयोर्क र न्यु जर्सीको बन्दरगाह प्राधिकरणले एक विज्ञप्तिमा भनेको छ कि विमानस्थलको वन्यजन्तु सञ्चालन कर्मचारी र पोर्ट अथोरिटी…