अमेरिकाका लागि राजदूत सिफारिस प्राध्यापक श्रीधर खत्री । उनी नेपालको परराष्ट्र मामिलामा पहिलो पंक्तिमध्येका अन्तर्राष्ट्रिय मामला विज्ञ मानिन्छन् । उनले लामो समयदेखि नेपालको विदेश नीति निर्माणमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता प्राध्यापक खत्री केवल प्राध्यापन पेशामा मात्र सीमित नरहेर विभिन्न अन्तर्राष्ट्रिय संस्था र अनुसन्धान संस्थामा उल्लेखनीय भूमिका खेल्दै आएका छन् । खत्रीको…