अमेरिकी राष्ट्रपति बाइडेनद्वारा साउदी अरब भ्रमण

रियाद । चर्को आलोचनाबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबको भ्रमण गरेका छन् । साउदी पत्रकार जमाल खशोग्गीको हत्यापछि साउदीसँग अमेरिकाको सम्बन्ध चिसिएको थियो । अमेरिकी गुप्तचर एजेन्सीले खशोग्गीको हत्यामा साउदी युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको जनाएको थियो । अमेरिकी राष्ट्रपति बाइडेनले साउदी युवराज मोहम्मद बिन सलमानसँगको भेटमा खशोग्गीको हत्याको विषय उठाएको बताए ।…