वाशिङ्टन डीसीमा यात्रुवाहक विमान र हेलिकप्टर ठोकिएर दुर्घटना

वाशिंगटन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुबहाक विमान अरेको हेलिकप्टरसँग आकाशमा ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकायले जनाएको छ । स्थानीय समयानुसार बेलुकी ९ बजेतिर आकाशमै हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीस्थित पोटोम्याक नदीमा खसेको थियो । चालकदलका सदस्यसहित ६४ यात्रु सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको…