अमेरिकाको फ्लोरिडा राज्यमा मिल्टन नामक अर्को आँधीको चेतावनी दिइएको छ । यसअघि आएको हेलेन आँधीका कारण तहसनहस भएको राज्यका केही भागहरू तङ्ग्रिन नपाउँदै अर्को आँधीको चेतावनी दिइएको हो । हेलेन आँधीको असरले फ्लोरिडाका केही भागहरूमा पहिले नै आपतकालीन अवस्था घोषणा गरिएको छ । नेसनल हरिकेन सेन्टरले मेक्सिकोको तटमा आएको श्रेणी १ को आँधी फ्लोरिडातर्फ बढिरहेको…