सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ : उपराष्ट्रपति ह्यारिस

पेन्सिलभेनिया । अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेकी छन् । जर्जियामा चुनाव प्रचारका लागि प्रस्थान गर्नुअघि एक पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै ह्यारिसले लोकतान्त्रिक भविष्यका बारेमा चिन्ता व्यक्त गर्ने पुरुष र महिलाहरूलाई समान रूपमा हेरेको बताएकी छन् ।…