शेमिशल (पोल्याण्ड) । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आगामी अमेरिकी निर्वाचन र रूसी आक्रमणले युक्रेनमा नयाँ उथलपुथल मच्चाइरहेका बेला युक्रेनबारे साझा धारणा बनाउन बिहीबार पोल्याण्डका नेताहरूसँग भेटवार्ता गरेका छन् । युक्रेनी युद्धमा थप ऐक्यबद्धता जनाउन बेलायती विदेशमन्त्री डेभिड लामीसँग किएभको संयुक्त यात्रापछि शीर्ष अमेरिकी कूटनीतिज्ञ रेलबाट पोल्याण्ड गएका हुन् । युक्रेनले रूसको भित्री भागसम्म आक्रमण गर्न…