ह्यारिसले एआईबाट र्‍यालीमा भिड देखाएको ट्रम्पको आरोप

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई धोखेबाज भनेका छन् । माइक्रोब्लगिङ वेबसाइट एक्सको एक पोस्टमा ट्रम्पले र्‍यालीमा ठुलो भीड देखाउन ह्यारिसले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेको आरोप लगाएका छन् । मिशिगनको डेट्रोइटमा भएको ‍र्‍यालीको तस्बिरमा एयरपोर्टमा देखाइएको भीड नक्कली भएको ट्रम्पको भनाई छ ।…