काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल) को १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने भएको छ । प्रतियोगिता ३१ मेसम्म चल्नेछ । सोमबार राति क्रिकबजले प्रकाशित गरेको रिपोर्टअनुसार बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले फ्रेन्चाइज टोलीहरूलाई यस समयतालिकाबारे जानकारी गराइसकेको छ । २६ मार्चमा सुरु…