काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मानिने कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ तथा रोबोटिक्स प्रतियोगिता ‘कोडेभर ७.०’ मा सहभागी भइ जित निकालेका नेपाली विद्यार्थीलाई निमा फाण्डेशनले सम्मान गरेको छ । इण्डोनेसियाको जकार्तास्थित बिनुस विश्वविद्यालयमा आयोजित उक्त प्रतियोगितामा नेपालका ६ वटा टोलीले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका थिए । काठमाडौंमा एक कार्यक्रम गरी फाण्डेशनले सम्मान गरेको हो…