चर्च ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा

धरान । चर्च ब्वाइज २६औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा झापा ११ टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित भयो । बिहीबार धरान रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल निर्णय टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा चर्च ब्वाइजका गोलरक्षक प्रमिजय गच्छदार नायक बने । उनले झापाका रोहन थापा…