काठमाडौं । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिमलाई १९–० गोलले हरायो । एपीएफका लागि रश्मीकुमारी घिसिङ र अनिता केसीले समान चार, प्रीति राईले ह्याट्रिक, सबिता राना मगर र कुसुम खतिवडाले समान दुई गोल…