पलेशालाई पाँच लाख रुपैयाँसहित कांग्रेसको सम्मान

काठमाडौं । पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले गोवर्धनलाई पाँच लाखको चेकसहित सम्मान गरेका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते भएको के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी…