उपाधिका लागि नेपाल र बंगलादेश आज खेल्दै

काठमाडौं । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो । पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई…