अमेरिकाले जित्यो ओलम्पिकमा महिला फुटबलको स्वर्ण

काठमाडौँ । पेरिस ओलम्पिकमा महिला फुटबलको स्वर्ण अमेरिकाले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा अमेरिकाले ब्राजिललाई १–० गोलले हराउँदै स्वर्ण जितेको हो । प्रतिस्पर्धात्मक खेलमा अमेरिकालाई जिताउन मेलोरी स्वानसनले निर्णायक गोल गरिन् । उनले ५७औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । अमेरिकाले १२ वर्षपछि ओलम्पिकको महिला फुटबलका स्वर्ण जितेको हो ।…