काठमाडौं । क्यानडामा भएको ग्लोबल टी–२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जितेको छ । गएराति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । मोन्ट्रियलले दिएको ९७ रनको सामान्य लक्ष्य टोरोन्टोले ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो…