काठमाडौं । वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज लेबनानको सामना गर्दै छ । साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा खेल राति पौने ११ बजे सुरु हुनेछ । नेपाल समूह चरणमा अपराजित रहँदै समूह 'बी' को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने लेबनान समूह 'ए'को उपविजेता हो । पश्चिम एसियाली फुटबल महासंघले आयोजना गरेको…