पोखरा । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेका हुन् । प्रतियोगिताको पहिलो खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबीच भइरहेको छ । प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय…