काठमाडौं । दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा नेपालले न्युजिल्यान्डको ६ विकेट लिएको छ । न्युजिल्यान्डका कप्तान ओस्कार ज्याकसनलाई चौथो विकेटको रुपमा आउट गर्ने क्रममा नेपालका आकाश त्रिपाठीले बोल्ड गरे । ज्याकसनले ७५ रन जोड्ने क्रममा ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।…