काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतीय टोली अस्ट्रेलियासँग पराजित भएपछि एक भारतीय समर्थकको हृदयाघातका कारण निधन भएको छ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति खेलिएको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले कीर्तिमानी रूपमा छैटौँपटक एकदिवसीय विश्वकपको उपाधि चुमेको थियो । यसपटक घरेलु मैदानमा भारतले एकदिवसीय विश्वकपको उपाधि जित्नेमा भारतीय समर्थकहरू बढी नै आशावादी…