साम्बाको ५ गोलमा नेपालको शानदार जित

काठमाडौं । नेपालले वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा शानदार जित निकालेको छ । बिहीबार सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ५ गोल गरेपछि समूह चरणको दोस्रो खेलमा नेपालले इराकमाथि ५–० को प्रभावशाली जित निकालेको हो । नेपालकी स्टार साम्बाले पहिलो हाफमा नै ह्याट्रिक सहित चार गोल र दोश्रो हाफमा थप एक गोल गरेसँगै नेपालले इराक विरुद्ध ५–० गोलको…