विश्वकप छनोट खेलेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

काठमाडौं । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ । नेपाली टोली विश्वकप छनोट क्रिकेटअन्तर्गत सातौं स्थानको प्लेअफमा टेस्ट मान्यताप्राप्त मुलुकआयरल्यान्डसँग २ विकेटले पराजित भएको थियो । सन् २०१८ मा जिम्बावेमै भएको विश्वकप छनोटको पछिल्लो संस्करणमा पनि आठौं स्थान हात पार्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।…