भारतलाई पराजित गर्दै अस्ट्रेलियाले जित्यो विश्व टेस्ट च्याम्पियन्ससिपको उपाधि

काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियाले जितेको छ । दोस्रो संस्करणको उपाधि भारतलाई पराजित गर्दै अस्ट्रेलियाले जितेको हो । इंग्याल्डको ओभल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा अस्ट्रेलिया २०९ रनले विजयी भयो । टेस्टमा भारतले जितका लागि ४४४ रनको लक्ष्य पाएको थियो । तर, आइतबार पाँचौ दिन भारत २३४ रन बनाउँदा अलआउट भयो ।…